बचतकर्ताको ६० लाख पैसा लिएर फरार रहेका सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं । बचतकर्ताको ६० लाख पैसा लिएर फरार रहेका सहकारीका अध्यक्ष रामबाबु यादव पक्राउ परेका छन् । धनुषाको सबैला नगरपालिका ७ स्थित श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष यादव जनकपुरबाट प्रकाउ परेका हुन् ।

यादवलाई बचकर्ताहरुले बुधवार जनकपुर उपमहानगरपालिका ९ वंशी चोकबाट पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए ।

उनी बचतकर्ताको पैसा लिएर एक वर्षदेखि फरार थिए । बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा पक्राउ परेका सहकारीका अध्यक्ष यादवले बचकर्ताहरुबीच छलफल गर्दै बचत फिर्ता गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यादवले छलफलमै १० हजार रुपैयाँसम्म जम्मा गरेका बचकर्तालाई नगद नै फिर्ता गरेका छन् । त्यो भन्दा माथिको वचकर्तालाई साउन मसान्तभित्र बचत रकम फिर्ता गर्ने लिखित सहमति समेत भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *