राष्ट्र उत्थान लघुवित्तको आईपीओ बिहीवार बाँडफाँट

राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ फागुन १२ गते बिहीवार बाँडफाँट हुने भएको छ ।

एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा दिउसो ३ बजे आईपीओ बाँडफाँटको तयारी भएको हो । फागुन चारगतेदेखि आठ गतेसम्म विक्री भएको कम्पनीको आईपीओमा मागभन्दा ३८ दशमलव ३० गुणा बढी आवेदन परेको छ ।

अन्तिम दिनसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकहरुबाट ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयर खरिद माग भएको हो ।हाल कम्पनीको अधिकृत पूँजी रू. ५० करोड रहेको छ भने जारी पूँजी रू. २६ करोड छ । आईपीओ पश्चात् चुक्तापूँजी रू.२६ करोड पुग्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *