ज्योति विकास बैंकको बोनस शेयर डिम्याट खातामा जम्मा

ज्योति विकास बैंक लिमिटेडले बोनस शेयर हितग्राही खाता (डिम्याट) मा जम्मा गरिदिएको जानकारी दिएको छ । बैकको गत पुस ८ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको  उक्त बोनस शेयर डिम्याट खातामा जम्मा भएको हो ।

बैंकले आफ्नो शेयर अभौतितिकीकरण गराई आफ्नो बोनस शेयर हितग्राही खातामा नै प्राप्त गर्न अनुरोध गरेको छ । बैंकले पुस ८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको हितग्राही खातामा जम्मा हुने जानकारी दिएको छ । जसका लागि शेयरधनी आफैले सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क राख्नु पर्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *