एनबीए र आईआईएनबीच सम्झौता, इएसजीसँग सम्बन्धित विषयमा बैंक वित्तीय संस्थाका कर्मचारीको क्षमता अभिवृद्धि गरिने

काठमाडौं। नेपाल बैंकर्स संघ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपाल (इआइएन) का बीच पर्यावरणीय, सामाजिक तथा सुशासन (इएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गर्न सम्झौता भएको छ।

सम्झौता अनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेनको वार्सिलोनास्थित युनिभर्सिटी अफ पोम्पेउ फाब्रा बार्सिलोना स्कुल अफ म्यानेजमेन्टको वातावरणीय, सामाजिक र सुशासन (इएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गरिने छ।

कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा इएसजीसँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिबृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिईएको संघले जनाएको छ।

सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल केसी र आइआइएनका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *