अध्यादेशबाट बजेट ल्याउँदै अल्पमतकाे कोशी प्रदेश सरकार

विराटनगर । कोशी प्रदेश सरकारको अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा बुधबार राति १२ बजेबाट लागु हुने गरी प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन अन्त्य गरेका हुन् ।

बजेट अधिवेशन अन्त्य गरेको अल्पमतकाे सरकारले अब अध्यादेशबाट बजेट ल्याउनेछ । बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

पास नहुने अवस्था देखिएपछि सरकारले नीति तथा कार्यक्रममा छलफल नै नगरी अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १ गते अध्यादेशबाट बजेट ल्याउनेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *