कुमारी बैंकले डेढ लाख कित्ता सेयर बिक्री गर्दै

काठमाण्डौ । कुमारी बैंकले करिब डेढ लाख कित्ता सेयर बिक्री आजबाट  गर्ने भएको छ ।

कुमारी बैंकको संस्थापक समूहको १ लाख ४६ हजार २८३ कित्ता सेयर बिक्री आज (जेठ २६ गते)बाट गर्ने भएको हो । यो सेयरमा विद्यमान संस्थापक सेयरधनी, अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा संस्थापकले न्यूनतम १० हजार कित्ता र सर्वसाधारणले १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र यही जेठ ३२ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र काठमाण्डौको नकसालस्थित कुमारी क्यापिटलमा पेस गर्नुपर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *