भैसी ल्याउने सहमति सात वर्षअघि नै भएको रहेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतबाट मुर्रा भैंसी ल्याउने सहमति सातवर्ष अघिकै भएको स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अहिले सात वर्षपछि बल्ल भैंसी आएको बताए ।

‘यो भैंसीको कुरा अहिले सहमति भएको होइन । आजभन्दा सात वर्ष अघि नै मुर्रा भैंसी ल्याउनेबारे समझदारी भएको रहेछ’ प्रचण्डले भने, ‘भैंसी आएको अहिले मात्रै हो । मान्छेहरु मलाई भैंसी चढाएर हिँडेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *