काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको कुल ३२ लाख २६ हजार ७७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरुले दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।
आरएमडीसीले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। यो लघुवित्त गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
Artha Sanjal






