नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से परिसूचक मंगलवार १६.५४ अंकले बढेर १८६६.३४ बिन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.१९ अंकले बढेर ३५५.६२ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँको कारोबार भएको छ।
कुल १३ वटै उपसमूहको आजमा हरियाली छाएको छ।
त्यसैगरी, निर्जीवन बीमा समूह सर्वाधिक १.९३ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १.४९ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.५८ प्रतिशत, विकास बैंक समूहमा ०.५५ प्रतिशत, वित्त समूहमा ०.७६ प्रतिशत, जलविद्युत समूहमा १.३९ प्रतिशत, लगानी समूहमा १.३४ प्रतिशत, जीवन बीमा समूहमा ०.९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१७ प्रतिशत, लघुवित्त समूहमा ०.७२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०६ प्रतिशत, अन्य समूहमा ०.३० प्रतिशत र व्यापार समूहमा ०.४४ प्रतिशतको बढोत्तरी भएको छ।
प्रभु बैंकको संस्थापक सेयरको सर्वाधिक २३ करोड २१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
शिवम सिमेन्ट, एनआईसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, आत्मनिर्भर लघुवित्त, चिलिमे जलविद्युत, हिमालयन एभरेस्ट इन्स्योरेन्स, सोल्टी होटेल, नागरिक लगानी कोष र निफ्राको सर्वाधिक कारोबार भएको छ।






