सेयर बजारमा भारि अंकको गिरावट, सबै उपसूचक राताम्य

लगातार दोस्रो दिन बुधबार पनि सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

बजार आज नेप्से परिसूचक ३८.८३ अंकले घटेर १८४९.७९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.२८ अंकले घटेर ३५३.४३ को विन्दुको विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २६२ कम्पनीका ८७ लाख ३६ हजार १२८ कित्ता सेयर २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७२ रुपैयाँबराबरको कारोबार भएको छ।

यो दिन सर्वाधिक ३.५३ प्रतिशतले गिरावट आएको छ। होटेल तथा पर्यटन समूह ३.३१ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.५४ प्रतिशत, विकास बैंक समूहमा २.०४ प्रतिशत, वित्त समूहमा २.१८ प्रतिशत, जलविद्युत समूहमा २.६३ प्रतिशत, लगानी समूहमा २.२८ प्रतिशत, जीवन बीमा समूहमा २.३९ प्रतिशत, लघुवित्त समूहमा १.८२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा २.४७ प्रतिशत, अन्य समूहमा १.५१ प्रतिशत र व्यापार समूहमा १.६५ प्रतिशतको गिरावट आएको छ।

आज प्रभु बैंकको संस्थापक सेयरको सर्वाधिक ३४ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

शिविम सिमेन्ट, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया बैंक, तारागाउँ रिजेन्सी होटेल, नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष, शिवश्री हाइड्रोपावर र हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *