बजेटले बढाएन लगानीकर्ताको मनोबल, सेयर बजारमा भारी अंकको गिरावट

काठमाडौं  ।  आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटलाई सेयर बजारमा नकारात्मक रुपमा लिएको छ ।  बजेट  सार्वजनिक भएको भोलिपल्ट नै सेयर बजारमा भारी गिरावट आएको छ ।  बजेटले लगानीकर्ताको मनोबल उच्च पार्न सकेन ।

आज बजार आज ५३.१६ अंकले ओरालो लागेको हो । योसँगै नेप्से परिसूचक १८८८.६१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.७२ अंकले घटेर ३६०.७१ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढी भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन जीवन बीमा समूह सर्वाधिक ३.५० प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह ३.४२ प्रतिशतले घट्दा बैंकिङ समूहमा २.४२ प्रतिशत, विकास बैंक समूहमा २.२८ प्रतिशत, वित्त समूहमा २.७९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.५१ प्रतिशत, जलविद्युत समूहमा २.७३ प्रतिशत, लगानी समूहमा २.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.५६ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.४२ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.१४ प्रतिशत, अन्य समूहमा ३.२८ प्रतिशत र व्यापार समूहमा २.९५ प्रतिशतको गिरावट आएको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २७५ कम्पनीका ७० लाख ७४ हजार २५५ कित्ता सेयर २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४.६१ रुपैयाँमा किनबेच भएका छन्।

शिवम सिमेन्टको सर्वाधिक २१ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

ग्लोबल आइएमई बैंक, नेपाल लाइफ इन्स्योरेन्स, चिलिमे हाइड्रोपावर, निफ्राको, नेपाल टेलिकम, नागरिक लगानी कोष, सोल्टी होटेल, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *