आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा (मंगलबार) पनि सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मुल्य स्थिर रहेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *