बाँके। बाँकेमा आठ वटा सहकारीबीच एकीकरण भएको छ । राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ८ मा सम्पन्न एकीकरण घोषणा कार्यक्रममा राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकाका साना किसान सहकारी एकीकरण भएका हुन् । एकीकरणपश्चात सहकारीमा १० हजार ५ सय सदस्य तथा शेयर पुँजी १० करोड ६ लाख रुपिया रहेको छ । बचत ५९ करोड, ऋण ३८ करोड र सदस्यको ऋण १ अर्ब १२ करोड रहेको छ ।
एकीकरण हुने सहकारीमा राप्ती सोनारी गाउ“पालिकाको वडा नम्बर ८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड महादेवपुरी, वडा नम्बर ४ मा रहेको सूर्यलक्ष्मी साना किसान सहकारी संस्था लिमिटेड, वडा नम्बर ५ मा रहेको सौगात साना किसान कृषि सहकारी संस्था लिमिटेड रहेका छन् ।
बैजनाथ गाउपालिकाको वडा नम्बर ६ मा रहेको लगनशील साना किसान कृषि सहकारी संस्था लिमिटेड, वडा नम्बर ८ मा रहेको महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, खजुरा गाउँपालिकाको वडा नम्बर २ र ८ मा रहेका नवज्योति साना किसान कृषि सहकारी संस्था लिमिटेड र हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेड र जानकी गाउ“पालिका वडा नं. ६ मा रहेको आपसी मेलमिलाप साना किसान कृषि सहकारी संस्थाहरु एकीकरण भएका छन् ।
आठ वटा सहकारी एकीकरण भएर राप्ती सोनारी वडा नं. ८ मा अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड बनेको अष्टम साना किसानका मृख्य प्रवन्धक हरिश केसीले जनाकारी दिए ।
लुम्बिनी प्रदेश सांसद दुर्गाप्रसाद चौधरीको प्रमुख आतिथ्यता र नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष पूर्ण शर्मालगायतको उपस्थितिमा अष्टम साना किसानले उक्त आठ वटा सहकारीको एकीकरण घोषणा कार्यक्रम सम्पन्न गरेको थियो ।
प्रदेश सांसद चौधरीले देशमा सहकारीको संख्या धेरै भएकाले गुणस्तर कम भएको बताउँदै अब सहकारीको संख्यालाई घटाउँदै सहकारीको गुणस्तरमा वृद्धि गर्न तर्फ सरकारले चासो दिनु पर्नेे बताए।
केन्द्रीय उपाध्यक्ष शर्माले महासंघले सहकारीमा देखिएका विकृतिलाई अन्त्य गर्न सहकारीको एकीकरण अभियान सुरु गरेको बताए । नेपाल समाचारपत्रमा खबर छ।
अर्थ सन्जाल