काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमा सीमितता रहेकाले सबै अपेक्षा समेट्न नसकिएको बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती सम्बन्धी एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र बजारले वित्त नीतिभन्दा पनि मौद्रिक नीतिमा बढी अपेक्षा गरेको भएपनि वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको बताए ।
उनले अर्थतन्त्रलाई लयमा ल्याउनको लागि वित्त नीतिमा ठूलो चुनौती देखिएको औल्याए । गभर्नर अधिकारीले सरकारले राजश्व संकलन वृद्धि, करको दायरा बढाउने र भन्सारमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । साथै मुलुक औद्योगिक क्षेत्रहरुको विकासमा धेरै पछाडि परेको स्मरण गराउँदै सरकारले घोषणा गरेका औधोगिक क्षेत्रको पीपीपी मोडलमा भए पनि सञ्चालनमा ल्याउनुपर्ने सुझाव दिए ।
अर्थ सन्जाल