अर्थ सन्जाल
२७ जेष्ठ २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२७ जेष्ठ २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

अप्पर साङ्गे हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

  • अर्थ सन्जाल
  • १ जेष्ठ २०८०, सोमबार १४:००


अप्पर साङ्गे हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज (जेठ १ गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दै छ ।

कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको १०% अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गर्न लागेको हो ।

जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा २ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्ने छ । उक्त आइपीओमा लमजुङ्ग जिल्ला मस्र्याङ्गदी गा.पा. (साविक घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडाँ गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८, सिमपानी गाविस वडा नं ९) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १०% ले हुन आउने ६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन हुनेछ ।

जसअनुसार प्रतिसेयर १ सय अंकित दरले ६५ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

स्थानीय बसिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ३० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने वेठ १६ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

रेटिङ एजेन्सी केयर नेपालले अप्पर स्याङ्गेको आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ ।

Artha Sanjal
मिती : १ जेष्ठ २०८०, सोमबार १४:०० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो: शेखर कोइराला

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’

यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय

प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली

ताजा समाचार

  1. सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो: शेखर कोइराला
  2. ‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’
  3. यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय
  4. प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली
  5. राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना
  6. नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता
  7. शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै कामपा

विजनेश फोकस

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्...

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘...

नेपालका विज्ञहरुमै वित्तीय साक्षरता छैन: पूर्व ...

तिस वर्षमा नेपालीको प्रतिव्यक्ति आय २० हजार डलर...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.