काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले अधिकांश सूचकमा प्रगति गरेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा १००.३१ प्रतिशतले बढाएर ६८ करोड ६४ लाख रुपैयाँ पुर्याएको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ३४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
सो अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन २६.४९ प्रतिशतले बढेर ३१ करोड ४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिसम्म कम्पनीले २४ करोड ५३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद दाबी भुक्तानी ६०.६९ प्रतिशतले बढेर ५ करोड २१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।
कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयबापत १७ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्ममा यस्तो आय १२ करोड २९ लाख रुपैयाँमा सीमित थियो।
कम्पनीको बीमा कोषको आकार १५.७१ प्रतिशतले बढेर ३ अर्ब १ करोड रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा जीवन बीमा कोषमा २ अर्ब ६० करोड रुपैयाँ रहेको थियो।
गत वर्ष ३ अर्ब ३१ करोड रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषमा ३ अर्ब ७२ करोड रुपैयाँ सञ्चित छ।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३४३.२५ रुपैयाँ, पीई रेसियो ४८.७८ गुणा र प्रतिसेयर नेटवर्थ १४९८.३२ रुपैयाँ रहेको छ।
अर्थ सन्जाल