


सांसद अमरेशकुमार सिंहले नक्कली शरणार्थी प्रकरणमा सरकारी वकिलबाट बयान चेन्ज गराउने प्रयास भइरहेको बताएका छन् । आइतबार आयोजित नक्कली शरणार्थी प्रकरणसम्बन्धी बहसमा बोल्दै सरकारी वकिलमार्फत यो प्रयास भइरहेको आफूले थाहा पाएको सांसद सिंहको दाबी छ ।
‘प्रहरीको एआईजीको लेवलबाट मलाई जानकारी आएको थियो । सरकारी वकिलबाट बयान चेन्ज गराउने कोसिस भइरहेको छ’, सांसद सिंहले भने, ‘त्यसकारण हामीले सबै कुरा नजिकबाट नियालिरहेका छौं । तर, पुलिसलाई पनि मन छैन आफ्नो बाध्यताले गरिरहेको छ । प्रधानमन्त्रीलाई पनि बाध्यता छ थुनिसकेपछि कसरी छाड्ने रु त्यसैले यो बाध्यात्मक स्थितीमा चलिरहेको छ ।’
‘यस्तो ठूलो प्रकरणमा कुनै गृहमन्त्री र मन्त्रीको हैसियत नहुने भन्दै उनले यो पोलिसीगत करप्सन हुने बताए । अहिलेको गृहमन्त्रीको मान्छे पर्यो भने यो प्रकरण लय झन् बाहिर जाने उनको भनाइ छ ।

अर्थ सन्जाल