‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’का इकाइहरु बाँडफाँड

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने तेस्रो योजना ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’का इकाइहरु बाँडफाँड गरिएको छ।

गत वैशाख ६ गतेदेखि वैशाख २० गतेसम्म निष्काशन गरिएकोमा यस योजनाअन्तर्गतको कुल ७५ करोड रुपैयाँको आवेदन रकम प्राप्त भएकोमा आज वैशाख ३१ गते बाँडफाँड प्रक्रिया पूरा भएको हो।

यस निष्कासन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने सम्पूर्ण लगानीकर्ता, नेपाल धितोपत्र बोर्ड, सीडीएससी, सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, सम्पूर्ण शुभेच्छुक तथा अन्य नियमन निकायप्रति योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले धन्यवाद ज्ञापन गरेको छ। निरन्तर सहयोग र सद्भावले क्यापिटललाई अझ बढी नवीनतम र उत्कृष्ट सेवा प्रदान गर्न थप अभिप्रेरित गरेको सिटिजन्स क्यापिटलले जनाएको छ।

यो योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *