भ्रष्टाचारविरुद्धको अभियानमा हिसिला यमी र बाबुराम भट्टराईको ऐक्यवद्धता

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र जसपा नेतृ एवं भट्टराई पत्नी हिसिला यमी भ्रष्टाचारविरुद्धको नागरिक अभियानमा सहभागी हुन पुगेका छन् । काठमाडौंको नारायणचौरमा शनिबार आयोजित भ्रष्टारविरुद्धको नागरिक अभियानमा सहभागी हुन पुगेका उनले आन्दोलनप्रति आफ्नो पूर्ण ऐक्यवद्धता रहेको बताएका छन् ।

भट्टराईले लोकतन्त्रमा सचेत नागरिकले निरन्तर सडकबाट खबरदारी गरेर सदन र सरकारलाई दबाब दिनसके मात्र लोकतन्त्र बलियो हुने उल्लेख गरेका छन् ।

‘देशव्यापीरूपमा उठेको भ्रष्टाचारविरूद्ध नागरिक अभियानमा काठमाण्डौको नारायणचौरमा सहभागी भएर पूर्ण ऐक्यवद्धता व्यक्त’, उनले भनेका छन्, ‘लोकतन्त्रमा सचेत नागरिकहरूले निरन्तर सडकबाट खबरदारी गरेर सदन र सरकारलाई दबाब दिनसके मात्र लोकतन्त्र बलियो हुन्छ र जनताले सुशासन र समृद्धि हासिल गर्नसक्छन् ! अभियान जारी रहोस् !’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *