बानेश्वरबाट १२ बुक तास र ८ लाख रकम सहित ११ जुवाडे पक्राउ

काठमाडौं । काठमाडाैंकाे बानेश्वरबाट ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेकाे छ । बानेश्वर कात्यानीचोक बस्ने सगोल कोइरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेहरुमा सिन्धुली सुनकोशी गाउँपालिका-३ घर भई हाल काठमाडौं गौशाला बस्ने २९ वर्षीय मुकेश राज गिरीसमेत ११ जना छन् । उनीहरुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख १० हजार ४ सय रूपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *