


बढ्दो बजार महँगी घटाउनका लागि प्रभावकारी बजार अनुगमनमा ध्यान दिनुपर्ने सुझाव दिएको छ । । शुक्रबार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै केन्द्रीय बैंकले बिक्रेतालाई अस्वाभाविक मार्जिन लिन नदिने गरी बजार अनुगमन प्रभावकारी बनाउन सकेमा महँगी केही नियन्त्रणमा आउने बताएको हो ।
साथै, अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेअनुरूप नेपालमा पनि इन्धनको मूल्य समायोजन गरी सवारी साधनको भाडा दर घटेमा उपभोक्ता मुद्रास्फीति घट्न थप सहयोग पुग्ने समेत केन्द्रीय बैंकले बताएको छ ।
‘मुद्रास्फीति अझै लक्ष्यभन्दा केही माथि रहेको छ । २०७९ चैत मसान्तमा वार्षिक बिन्दुगत मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । २०७८ चैत मसान्तमा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो । गत वर्षको नौ महिनामा औसत मुद्रास्फीति ५।७३ प्रतिशत रहेकोमा चालु वर्षको नौ महिनामा औसत मुद्रास्फीति ७.९१ प्रतिशत रहेको छ ।
खाद्यान्न, दुग्ध पदार्थ, घरायसी उपभोग्य वस्तुहरु, आयातित वस्तुहरु र इन्धनको मूल्य वृद्धिका साथै नेपाली रुपैयाँ अवमूल्यनका कारण उपभोक्ता मूल्यमा चाप परिरहेको छ । चालु आर्थिक वर्षको औसत मुद्रास्फीति लक्ष्यभन्दा केहीमाथि रहने देखिन्छ ।

अर्थ सन्जाल