


काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द गरेको छ। संस्थाले राष्ट्र बैंकले जवाफ नदिएको कारण देखाउँदै प्रस्तावित लाभांश रद्ध गरेको हो ।
संस्थाले गत आर्थिक वर्ष २०७८-७९ का १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित गरी ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गर्ने निर्णय गरेको थियो ।
उक्त लाभांश स्वीकृतीका लागि वित्तीय विवरणसहित नेपाल राष्ट्र बैंक पठाएको थियो । तर, राष्ट्र बैंकले वित्तीय विवरण मात्र स्वीकृत गरेको र लाभांश वितरणको बारेमा केही नखुलाएको बताउँदै लाभांश रद्द गरेको हो ।
वित्तीय विवरणको नाफानोक्सान बाँडफाँट हिसाबमा उल्लेख गरी नेपाल राष्ट्रबैंकमा स्वीकृतिका लागि पेश भएकोमा बैशाख २० गते वार्षिक विवरणहरु साधारणसभा प्रयोजनार्थ प्रकाशन गर्ने स्वीकृति प्राप्त भएको, तर लाभांशको विषयमा त्यसमा उल्लेख नभएको कम्पनीले जनाएको छ ।

अर्थ सन्जाल