सञ्चालन घाटामा पुगेसँगै गुराँस लघुवित्त नोक्सानमा

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ ।

चैत मसान्तसम्म आइपुग्दा संस्थाले ५४ लाख ९१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ५ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी घट्दा २९।४४ प्रतिशतले घटेर ३ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसले ४ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चैतसम्ममा संस्था सञ्चालन ५४ लाख ९७ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ । नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ २२ पैसा नोक्सानमा छ । यसको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ५२ पैसा छ ।

संस्थाको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ करोड ४७ लाख रुपैयाँ सञ्चित छ । संस्थाको खराब कर्जा ४. ८३ प्रतिशतबाट बढेर ६.८९ प्रतिशतमा पुगेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *