प्रभु बैंकको पौने १५ लाख बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले विभिन्न १५ जना संस्थापक सेयरधनीहरुका नाममा रहेको १४ लाख ७७ हजार ८२२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाहरुलाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
Artha Sanjal






