जाल्पा सामुदायिक लघुवित्तको लाभांशमा भारी कटौती

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनमा जाल्पा सामुदायिक लघुवित्त संस्थाको लाभांश संशोधन भएको छ । संस्थाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको हो ।

संस्थाको लाभांशमा भारी कटौती भएको छ । संस्थाले उक्त आर्थिक वर्षका लागि ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.८४२१ प्रतिशत नगद लाभांशसहित कुल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

तर राष्ट्र बैंकले उक्त लाभांश कटौती गर्न निर्देशन दिएपछि संस्थाले लाभांश कटौती गर्दै १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांशमात्र वितरण गर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकले गत फागुन १० गते ल्याएको परिपत्रबमोजिम लाभांश वितरण गर्न निर्देशन दिएकोले यसअघि प्रस्तावित लाभांशमा संशोधन गरिएको संस्थाले जनाएको छ। अब संशोधन गरी प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *