सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार ५८ करोडमा खुम्चियो

आज सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्सेमा २.४३ अंकले घटेर १८४१.९३ बिन्दुमा कारोबार बन्द भएको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन ०।४५ अंकले घटेर ३५३.८० बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २६५ कम्पनीको १९ लाख ४२ हजार ६२६ कित्ता सेयर किनबेच भएको छ । यसदिन ५८ करोड ९१ लाख बराबरको कारोबार भएको छ।

कुल १३ उपसमुहमध्ये ५ वटा सूचकमा हरियाली छाएको छ । बाँकी ८ वटा सूचकमा रातो पोतिएको छ।

आज कारोबार भएका कम्पनीमध्ये ८८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ११३ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १५ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

त्यसैगरी, बजार बढाउन लगानीकर्ताको मनोबल पनि उच्च हुनु आवश्यक छ । अहिले बजार लगानीकर्ताले सकरात्मक समचार सुन्न नपाउँदा मनोबल खस्किदैं गएको छ । लगानीकर्ताको मनोबल उच्च हुन नसक्दा बजार ओरालो लागि रहेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजारमा देखिएको उतारचढावलाई अगामी बजेटले सम्बोधन गर्ने बताएका छन् । बढ्दो ब्याजदर, बढ्दो ब्यापार घाटा, बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जाको जोखिमजस्ता चुनौती अर्थतन्त्रमा विद्यमान रहेका र आगामी बजेटमार्फत यी समस्याको समाधान गरिने बताएका छन् ।

सधैका वर्ष झै यो वर्ष पनि भाषण र आश्वासन मै सिमित हुने डरले लगानीकर्ता डराइ रहेको अवस्था छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *