नेपाल प्रहरी अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर सञ्चालन

हिमालयन बैंक लिमिटेडले महाराजगंजस्थित नेपाल प्रहरी अस्पतालमा बैशाख २१ गते बिहिबारदेखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको हो ।

बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा (सार्वजनिक बिदाका दिनहरुमा पनि) प्रदान गर्नेछ । बैंकद्वारा प्रदान गरिने सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार-आफन्तजन तथा अस्पतालका कर्मचारीहरुलाई सहजता प्रदान गर्नेछ ।

नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंक का प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र अस्पतालका तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गर्नु भएको थियो । सो समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *