यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १०.६६ अंकले बढेर १८४४.३६ बिन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये २६९ कम्पनीका २८ लाख ३६ हजार १३९ कित्ता सेयर ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँमा किनबेच भएका छन्।

आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक ६ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

शिवम सिमेन्ट, स्वाभिमान लघुवित्त, नबिल बैंकको २ करोड ३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरी, नेपाल टेलिकम, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, अपी पावर र नागरिक लगानी कोषको  सर्वाधिक कारोबार भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *