


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बारा सिमरा स्थित ५ तारे होटल इच्छा प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल इच्छामा १० प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ ।
बैंकले १८२ वटा शाखा, १३९ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
Artha Sanjal

अर्थ सन्जाल