सुनको मूल्य बढ्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ लगातार तेस्रो दिन मंगलबार पनि स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो सोमबार पनि चाँदीको भाउ स्थिर रहँदै तोलको १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *