काठमाडौं । अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष रुपमा शपथ लिएका छन् ।
पोखरेलले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रुपमा शपथ लिएका हुन् । सर्वोच्च अदालतमा सोमबार आयोजित एक कार्यक्रममा कायम मुकायम प्रधानन्यायाधीश कार्कीले पोखरेललाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।




