ब्रेक फेल भएको गाडीको अवस्थामा अर्थतन्त्र नपुगोस् : पूर्व अर्थमन्त्री पौडेल

पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको बजेट प्राथमिकता र सिद्धान्त अर्थतन्त्रका चुनौतिप्रति बेखबर बनेर ल्याइएको आरोप लगाएका छन् । सोमवार संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा पौडेलले अर्थतन्त्र सिथिल भएको अवस्थामा सरकारले बनाएको बजेटको सिद्धान्त र प्राथमिकता वास्तविकतामा आधारित नभएको औंल्याएका हुन् ।

केवल कार्यक्रमको फेहरिस्त मात्र राखेर समस्या समाधान हुननसक्ने रुपान्तरणकारी सिद्धान्त ल्याउनपनमा पुरानै ढर्राको भएको भन्दै पूनर्लेखन गर्न अर्थमन्त्रीलाई पौडेलले सुझाव दिए । पौडेलले प्रधानमन्त्रीको मातहतमा रहेको तथ्यांक कार्यालयलेनै नेपाली अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको भन्दै अघिल्लो आर्थिक वर्षको तुलनामा पहिलो त्रैमासिक कूल गार्हस्थ्र्य उत्पादन ० दशमलव ७३ प्रतिशतले ऋणात्मक रहेको भन्ने कुरालाई यो सिद्धान्तले पुरै बेवास्ता गरेको भन्दै सँच्याउन आग्रह गरेका छन् । अर्थतन्त्रका परिसूचकहरु अनेक कोणबाट संवेदनशिल रहेको, त्यसको झलक राष्ट्रिय तथ्यांक कार्यालयले हालै प्रकाशित गरेको प्रतिवेदनले आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा खुम्चिने प्रक्षेपणले थप पुष्टि गरेको हेक्का राख्न सरकारलाई ध्यानाकर्षण गराए ।

उनले मुलुक यतिखेर कूल गार्हस्थ्य उत्पादनको ६ दशमलव ४ प्रतिशत मात्र बचतमा रहेको राजश्व संंकलन हेर्दा कहालिलाग्दो अवस्थामा रहेको लक्ष्यको तुलनामा ५० प्रतिशतमात्र राजश्व परिचालन गर्न सक्ने अवस्थामा पुगेको, गत वर्ष यहि समयमा संकलन भएको तुलनामा यो वर्ष १३ प्रतिशतले कम रहेको चित्र दर्शाए । निजी क्षेत्रमा प्रवाह भएको रकम गत वर्षको तुलनामा ७६ प्रतिशतले कम रहेको, निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी दायित्वनै १सय २२ अर्व बढी रहेको भन्दै पौडेलले सरकारले ल्याएको बजेट प्राथमिकता र सिद्धान्तले असहज अर्थतन्त्रलाई सम्बोधन गर्ने सिदान्त राख्न नसकेको जिकिर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *