काठमाडौं । मोदी ईनर्जी लिमिटेडले बैशाख १९ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले दरले हुने आउने ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये १० प्रतिशत अर्थात २९ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरी बाँडफाँट पश्चात बाँकी रहको २० लाख ९५ करोड ६१० कित्ता तथा सर्वसाधारणलाई छुट्टयाईएको जारी पूँजीको १५ प्रतिशत अर्थात ४३ लाख ५० हजार कित्ता गरी ६४ लाख ४५ हजार ६१० कित्ता सेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो।
त्यसमध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार कित्ता सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ। साथै २ प्रतिशत अर्थात १ लाख २८ हजार ९१० कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख २२ हजार २८० कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरी बाँकि रहेको ५९ लाख ९४ हजार ४२० कित्ता सेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।






