रास्वपा सरकारमा नजाने, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

सत्ता गठबन्धनले रास्वपालाई सरकारमा ल्याउन खोजिरहेको थियो। यसअघि रास्वपाले सरकारले न्यूनतम साझा कार्यक्रममा आफ्नो एजेन्डा हटाएको भन्दै आपत्ति जनाउँदै आएको थियो।

गत सोमबार पनि रास्वपाको केन्द्रीय समिति र पार्टी संसदीय दलको बैठक बसेको थियो । सरकारमा जाने नजाने भन्ने निर्णय गर्न नसक्दा रास्वपाले बैठक सारेकाे थियाे ।

यही वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति रवी लामिछाने पुनः निर्वाचित भएपछि आज पार्टीको दोस्रो पटक केन्द्रीय समिति बैठक बसेकाे हाे। रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको थियाे ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो । तर नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चको आदेशपछि रवि लामिछानेको सांसद पद गएपछि उनले गृहमन्त्रालय गुमाएका थिए । त्यसपछि रास्वपाका अरू मन्त्री सरकारबाट फिर्ता भए पनि रास्वपाले समर्थन फिर्ता लिएको थिएन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *