प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरु हुने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स ले वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन् ।

तीन वटै कम्पनी एक आपसमा मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । यी तीन वटै कम्पनीले एक आपसमा गाभिन बीमा प्राधिकरणले वैशाख १३ गते, नेपाल धितोपत्र बोर्डले वैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते अन्तिम स्वीकृति दिएका हुन् ।

तीनै कम्पनीले वैशाख ६ गते सम्पन्न विशेष साधारण सभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरिसकेका छन् । तीनै कम्पनी १:१:१ को स्वाप रेसियोमा गाभिन लागेका हुन् ।

मर्जरपछि बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने कम्पनीले जानकारी दिएको छ। यस्तै, डाटा माइग्रेसन प्रक्रियाको लागि वैशाख २३, २४ र २५ गते तीन वटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण बीमा सेवाहरू बन्द हुने समेत कम्पनीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *