कार्यालय समयमा तास खेल्ने तिन नगर प्रहरीलाई निलम्बन गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कार्यालय समयमा तास खेलिरहेका तीन जना नगर प्रहरीमाथि कारबाही गर्ने भएको छ ।

उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडी बढाइएको महानगर स्रोतले बताएको छ । बुधवार दिउँसो टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा तीन जना नगर प्रहरी तास खेलिरहेको अवस्थामा फेला परेका थिए । उनीहरू प्रहरीको पोसाकमै तास खेलिरहेको तस्बिर समेत सार्वजनिक भएको छ ।

यसरी कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी इन्स्पेक्टर निरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानियाँ रहेका छन् । बानियाँ भने कम्पनी करार मार्फत नगर प्रहरीमा आएका थिए ।

उक्त घटनामा अरु पनि संलग्न भएको पाइएमा उनीहरूलाई कारबाही गर्ने महानगरको तयारी छ । थप घटनाको छानबिन भइरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *