


काठमाडौं । कृषि विकास बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनको भरतपुरस्थित वि.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बगैँचा निर्माण गरेको छ ।
बैंकको प्रदेश कार्यालय वीरेन्द्रनगर चितवन तथा क्यान्सर समाज चितवनको सहभागितामा वि.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको परिसरमा निर्माण गरिएको हो ।
बगैँचाको बैंकका उपमहाप्रबन्धक प्रेम कुमार श्रेष्ठ र भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले एक समारोहबीच उद्घाटन तथा हस्तान्तरण गरेका छन्।
सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा.देज कुमार गौतम र अध्यक्ष डा. विजयराज न्यौपाने लगायत चिकित्सक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । डा. न्याैपानेले सो परिसरको बगैंचा निर्माणबाट क्यान्सरका बिरामीहरूको रोग चाँडो निको हुन सहयोग पुग्ने कुरा बताउँदै बैंकलाई समेत धन्यवाद दिए।
Artha Sanjal

अर्थ सन्जाल