काठमाडौं । एनएमबि बैंकले झन्डै ७० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ६९ हजार ७४६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा बैंकका हाल विद्यामान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र कम्पनी सचिवको कार्यालय, बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।




