


काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको भाउ एकैदिन १ हजार ८०० रुपैयाले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ।
मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाला सुन १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ । प्रतितोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal

अर्थ सन्जाल