


अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धान आयोगले सुकेधारास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बागमतीका उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । उपसचिव भट्टराईविरुद्ध १ करोड १५ लाख रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएकाे हाे ।
भट्टराईले सरकारी सेवामा रहँदा कमाएको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ ।
अख्तियारका प्रवक्ता भोला दाहालले भट्टराईको सरकारी सेवा प्रवेश २०३८ साउन १ गतेदेखि २०७५ मंसिर मसान्तसम्मको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको, तर उनको खर्च भने ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको जानकारी दिए ।

Artha Sanjal

अर्थ सन्जाल