काठमाडौं । नेपालीहरुको प्रतिव्यक्ति आम्दानी १४ सय डलर नाघेको छ । गत वर्षको तुलनामा नेपालीहरुको प्रति व्यक्ति आय ३८ डलर बढेर वार्षिक १४१० अमेरिकी डलर पुगेको हो ।
चालु आर्थिक वर्ष पनि कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा प्रतिव्यक्ति आय अघिल्लो वर्षकै जति रहने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
राष्ट्रिय उत्पादन (जीएनआई) का आधारमा भने प्रतिव्यक्ति आय ३ अमेरिकी डलर बढेर १ हजार ४१० डलर पुगेको छ । गत वर्ष यो १ हजार ४०७ डलर थियो।
अघिल्लो वर्ष नेपालीको प्रतिव्यक्त आय १८१ डलरले वृद्धि भएर १ हजार ३७२ डलर कायम भएको छ। त्यसअघि प्रतिव्यक्ति आय १ हजार १९१ डलर रहेको थियो।




