यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य अंकको गिरावट आएको छ ।आज नेप्से परिसूचक ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा ओर्लिएको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ भन्दा बढी कित्ता सेयर किनबेच भएको छ । आज ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।

आज हिमालयन डिस्टिलरीको सर्वाधिक २ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

नेपाल टेलिकम, तारागाउँ रिजेन्सी होटेल, नबिल बैंक, एभरेस्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, प्रभु बैंक, एनआईसी एसिया बैंक र नेपाल पुनर्बीमा कम्पनीको  सर्वाधिक कारोबार भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *