काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले लिने शुल्कमा सीमा तोकेको छ । जसनुसार अब लघुवित्त वित्तीय संस्थाहरुले बचत तथा निक्षेप खाता सञ्चालन गरेबापत कुनै पनि किसिमको शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा लघुवित्त संस्थाहरुले १.५० प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ।
त्यसगरी, एक वर्षभन्दा कम अवधिको कर्जा प्रवाह गरेमा वार्षिक १.५० प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिका आधारमा दामासाहीले मात्र सेवा शुल्क लिन पाउने राष्ट्र बैंकले जनाएको छ।
लघुवित्त वित्तीय संस्थाले यसबाहेक अन्य कुनै शुल्क मागेमा वा लिएमा सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।





