

तस्बिर: साइकलयात्री पुस्कर शाह
विश्व साइकलयात्री पुस्कर शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीकाे कार्यालय बसुन्धराभित्र छिर्न रोक लगाएको छ । शाहका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डि पि अर्यालले उनलाई चिया गफको लागि बिहान निम्ता दिएका थिए।
निम्तो मान्न रास्वापा पार्टी कार्यालय बसुन्धरा पुगेका शाहलाई साइकल लिएर पुगेको देखेपछि भित्र छिर्न अनुमति छैन भन्दै रोकियो । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै शाहले साइकल लिएर भित्र लैजान मिल्दैन भन्दै फर्काइदिएको बताएका छन्।
उनले ‘घन्टी घरको कथा’ भन्दै लेखेका छन् ,- ‘माननीय डि पि अर्याल : राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो। अध्यक्षज्यूलाई नि भेट्नु पर्यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धरा पुगेँ। पालेज्युले साइकललाई घन्टी घर भित्र प्रवेश छैन भन्नु भो,’
उनले लेखेका छन्, ‘ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ। भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ। मैले त्यो बारे प्रश्न गरेँ। पालेले गाडी र मोटर साइकल त पाउँछ भने। ’पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननिय डि पि अर्याललाई फोन गरेँ : फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ ‘

अर्थ सन्जाल