अर्थ मन्त्री डा.महत र जर्मनीका राजदूतबीच भेटवार्ता

स्वच्छ उर्जा, प्रसारण लाइन बनाउन र औषधीजन्य उद्योगमा लगानी गर्न रुची

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतसंग जर्मनीका राजदूत डा। थोमस प्रिन्जले भेटवार्ता गर्नुभएको छ । सो भेटमा राजदूत प्रिन्जले नेपालमा स्वच्छ उर्जा र प्रसारण लाइन बनाउन त्यस क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । साथै उहाँले नेपालमा औषधीजन्य उद्योगमा लगानी गर्न रुची रहेको समेत जानकारी गराउनुभयो । अर्थ मन्त्री डा। महतले नेपालमा धेरै लगानी भित्राउने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *