नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारीतामा नेपाल व्यवसाय शिखर सम्मेलन-२०२३ आयोजना हुने भएको छ ।
आगामी वैशाख २४ गते होटल याक एण्ड यति, दरबारमार्गमा नेपाल व्यवसाय शिखर सम्मेलन, २०८० आयोजना हुने भएको हो ।
सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यता र विशेष सम्वोधन रहनेछ ।
‘अर्थतन्त्रका वर्तमान चुनौति तथा समृढिको मार्गचित्र’ मूल विषयवस्तु रहेको उक्त सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवं बैंकिङ अवस्था, चुनौती तथा समाधानका उपायहरुमा गहन विचार-विमर्श हुनेछ ।
सम्मेलनमा हाल उद्योगी व्यवसायीहरुको मनोवल निकै घटेको, विभिन्न कारणले मागमा सकुच्रन आइ उत्पादन प्रभावित भएको जस्ता समस्या समाधानका विषयमा समेत सरोकारवालाहरुले विशेष प्रस्तुती दिनेछन् ।
यस्तै चालु आर्थिक वषमा सरकारले राखेको लक्ष्य अनुसारको राजस्व संकलन नभएको, पूजीगत खर्च अपेक्षित हुन नसकिरहेको र राष्ट्रिय तथा अन्तर्सप्ट्रिय परिवेशका कारण मूल्यवृद्धि बढिरहेको र त्यसले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव जस्ता विषयहरुको पनि गम्भीर चिरफार हुनेछ ।
सिबिफिनक अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा सम्पन्न हुने उक्त सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंक समूहको इन्टरनेसनल फाइनान्स कर्पोरेसन आइएफमसी का एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्टका सल्लाहकार कमर सलिम बरिष्ठ उद्यमी तथा प्रतिनिधिसभाका माननीय सदस्य विनोदकुमार चौधरी, बरिष्ठ अर्थशास्त्री तथा प्रतिनिधिसभाका सदस्य डा. स्वाणम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी, विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जर्भोस, एफएनसिसिआइका पूर्व अध्यक्ष भवानी राणा, सिएनआईका पूर्व अध्यक्ष हरिभक्त शर्मा, म्यानेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल के.सी ,वोर्ल्ड लिंकका अध्यक्ष दिलिप अग्रवाल, डोल्मा अर्गनाइजेशनका प्रवन्ध निर्देशक जोसेफ अल्भानसलगायत विभिन्त देशका राजदुतहरु, अर्थशास्त्रीहरु, उद्यमी-व्यवसायीहरु, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवहरुले सो कार्यक्रममा सम्बोधन गर्नेछन्।







