काठमाडौं । आन्तरिक राजस्व कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई १५ दिनभित्र आयकर बुझाउन ‘अल्टिमेटम’ दिएको छ।
प्रसाईँले बिएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर नतिरेको भन्दै आन्तरिक राजस्व कार्यालय, भद्रपुर, झापाले १५ दिनको समय दिएको हो।
पटक-पटक पत्राचार, फोन सम्पर्क तथा सङ्कलन भ्रमणका माध्यमबाट आयकर र मूल्यअभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएकाले सार्वजनिक सूचना जारी गरिएको कार्यालयले जनाएको छ।
Artha Sanjal






