उधोगमन्त्री र भारतको पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका प्रतिनिधिबीच भेट

उधोग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालसग भारतको पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवको टोलीले भेटवार्ता गरेको छ ।

पेट्रोलियम तथा ग्याँस सम्बन्धि नेपाल-भारत संयुक्त कार्य समुह (Nepal-India Joint Working Group on Petroleum and Gas) को सहसचिव स्तरीय चौथो बैठकमा भाग लिन काठमाडौँ आएको टोलीले आज बैठक पश्चात उधोग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा मन्त्री रिजालसग भेटवार्ता गरेको हो ।

पेट्रोलियम तथा ग्याँस सम्बन्धि नेपाल-भारत संयुक्त कार्य समुह को बैठकमा नेपालको तर्फबाट उधोग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव राधिका अर्यालले नेतृत्व गरेकी थिइन् । बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पुर्वाधार विकास, प्राकृतिक ग्याँसको क्षेत्रमा थप अध्ययन गर्ने लगायतका अन्य विविध विषयहरुमा छलफल भएको थियो ।

मन्त्रि रिजालसगको भेटमा भारतको पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवले बैठकमा छलफल भएका विषयहरुमा थप प्रकाश पारेकी थिइन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *