नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बचत खातामा दिने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक पार्न नपाउने जनाएको छ।
वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी गरेको सन्देशमा ब्याजदर परिवर्तन गर्दा वा नयाँ ब्याजदर सोही बमोजिम समायोजन(बढ्दा सबैको बढ्ने र घट्दा सबैको घट्ने)गर्नुपर्ने व्यवस्था गरिएको जनाइएको छ। राष्ट्र बैंकले बचत खाताको ब्याजदर तथा सम्पूर्ण सर्त र सुविधाप्रति चनाखो भई पूर्ण जानकारी लिनपनि सुझाव दिए ।
बैंक तथा वित्तीय संस्थाले विविध प्रकारका बचत खाताका विकल्प प्रदान गर्ने गर्दछन्।
Artha Sanjal
अर्थ सन्जाल