बारा -२ मा उपेन्द्र यादव ३ हजार मतले अगाडि, पछ्याउदै शिवचन्द्र

काठमाडौं । बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर ३ हजार पुर्‍याएका छन् ।

यादवले ९ हजार ८७० पाउँदा  कुशवाहले ६ हजार ७७१ पाएका छन् । नेकपा एमालेका पुरुषोत्तम पौडेलले तीन हजार ७ सय मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले अहिलेसम्म एक हजार १७४ मत पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *